काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ।

ADVERTISEMENT

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

ADVERTISEMENT

तराईका साथै उपत्यका र खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

महाशाखाका अनुसार सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।