काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७० अंकले घटेर २७६७.२० मा कायम भएको छ ।
बुधबार नेप्से र कारोबार रकम दुवै घटेको छ । १८८ कम्पनीको सेयर मूल्य घट्दा ५९ कम्पनीको घटेको छ । आज एक एक करोड ५२ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब २० करोड बराबरको कारोबार भएको छ । जुन अघिल्लो दिनको भन्दा ३० करोड कमी हो ।
आज नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै २५ करोडको कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरी हिल्सको १९ करोड, युनाइटेड मोदी हाइड्रोपावरको साढे १२ करोड र राधी विद्युत कम्पनीको १२ करोड २१ लाखको कारोबार भएको छ ।
आज विकास हाइड्रोपावर कम्पनीको १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । विकास हाइड्रोको आजैदेखि नेप्सेमा कारोबार सुरु भएको हो ।








