काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदानको समय साँझ ७ बजेसम्म थप गरिएको छ। यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो।
नेपाली कांग्रेस नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानस्थलमा लामो लाइन भएकाले समय थप गरिएको हो। बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसहितका पदमा २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।






