काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।






