काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
चालिसेले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
चालिसेले मंगलबार खुला उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका थिए।
विशेष महाधिवेशनपछि कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालेका चालिसेले यसपटक खुला उपसभापतिमा उम्मेदवारी दिएका थिए।
चालिसेले उम्मेदवारी फिर्ता लिएसँगै खुला उपसभापति पदको प्रतिस्पर्धामा बाँकी उम्मेदवारबीच निर्वाचन हुने भएको छ।







