काठमाडौं, असोज २१ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
आयोगले आफ्नो वार्षिक कार्यसम्पादन, दलित समुदायसँग सम्बन्धित विषय तथा आयोगले गरेका कामकारबाही समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ। राष्ट्रपति कार्यालयका अनुसार संवैधानिक व्यवस्थाअनुसार आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।






