ठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्।

राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको छ।

ADVERTISEMENT

सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाई दिएका छन्।

ADVERTISEMENT

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भेटबारे जानकारी दिइएको हो।