काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्।मन्त्रिपरिषद्ले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न निर्णय गर्दै राष्ट्रपति कार्यालयमा सिफारिस पठाएको थियो। सोही सिफारिसअनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।संघीय संसद्को चालु अधिवेशन २०८३ वैशाख २८ गतेदेखि सुरु भएको थियो।

 

ADVERTISEMENT