काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न प्रदेशमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन्।

आज बिहान ०६:४५ बजेसम्मको अद्यावधिक तथ्याङ्क अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका प्रमुख राजमार्गहरू प्रभावित बनेका छन्।

ADVERTISEMENT

 गत साउन १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। अर्को सूचना नभएसम्मका लागि यो सडक खण्ड बन्द रहनेछ।

ADVERTISEMENT

असोज ८ गतेदेखि परेको बाढीले बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ।  असोज १० गते बिहान परेको पहिरोका कारण बेनि-जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प छ।

 कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटार गाउँपालिका-६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त सडक खण्डबाट ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।

असोज १२ गतेको पहिरोले हुम्लाकाे सिमकोट-हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुङ्गामा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

833106653_1093105703417314_8006427397178805141_n