काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाल तेक्वान्दोमा पहिलो चरणबाटै बाहिरिएको छ । बिहीबार जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा भउको प्रतिस्पर्धामा नेपाली खेलाडीहरू पहिलो चरणमा सीमित भए ।
नेपालकी स्वस्तिका तामाङ महिला एकल पुम्सेको पहिलो चरणभन्दा माथि उक्लन सकिनन् । आठ खेलाडी सहभागी यो प्रतिस्पर्धामा उनी आठौँ स्थानमा परिन् । उनले ६.५७ अंक जोडेकी थिइन् ।
यसैगरी, एकल पुम्सेको पहिलो चरणमा युवराज रानाको पनि प्रदर्शन कमजोर रह्यो । युवराज आठ खेलाडी सहभागी भएको यस प्रतिस्पर्धामा ७.०२ अंकसाथ अन्तिम स्थानमा रहे ।
अब नेपालका लागि पुरुष क्योरुगी ८० केजीमुनि अभिषेक बरालल प्रतिस्पर्धा गर्नेछन् ।






