काठमाडौं । रुविन महर्जन र इभाना थापाको जोडी जापानमा जारी एसियाली खेलकुदमा टेबलटेनिस मिक्स्ड डबल्सको दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार नागोयास्थित स्काइ हल टोयोटामा सम्पन्न खेलमा नेपाली जोडी हङकङका क्वान टु यी र विङ लाम एनजीको जोडीसँग ३–० को सोझो सेटमा पराजित भयो ।

ADVERTISEMENT

नेपाली जोडीले खेल २–११, ६–११, ७–११ ले गुमायो ।

ADVERTISEMENT

रुविन र इभानाको जोडीले पहिलो चरणमा पाकिस्तानका मुहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यसअघि, मिक्स्ड डबल्समै संयोग कपाली र नवीता श्रेष्ठको जोडी पहिलो चरणमै सीमित बनेको थियो । पुरुष तथा महिला टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।