काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्र न्त्री शिशिर खनालले जानकारी दिए।

ADVERTISEMENT

विभिन्न क्षेत्रका अब्बल व्यक्तिलाई राजदूत नियुक्तिको लागि सिफारिस गरिएको खनालको भनाइ छ। विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिलाई छानिएको उनले बताए।

ADVERTISEMENT

अब सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाइनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ।

अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन्।

ADVERTISEMENT

प्रस्तावित राजदूतहरू:

१) डा. निश्चलनाथ पाण्डे: भारत
२) डा. कल्याणराज शर्मा: चीन
३) चिरनजंग थापा: अमेरिका
४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत
५) जिग्यानकुमार थापा: जापान
६) सुरेशकुमार कर्ण: इजरायल
७) प्राप्ति शेरचन: स्पेन
८) शरू जोशी: जर्मनी
९) डा. पद्माक्षी राणा: ओमान
१०) चूडामणि खरेल: मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया
१२) डा. मञ्चला झा: श्रीलंका
१३) गिरीबहादुर सुनार: साउदी अरब