काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने र आवश्यक निर्णय गरिने कार्यालयले जनाएको छ।
बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल तथा निर्णय हुन सक्ने बताइएको छ।










