काठमाडौं । देशका केही जिल्लामा बुधबार आकस्मिक बाढीको सम्भावना छ । काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।





