काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबार गेटबाटै पक्राउ परेका छन् ।

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग गरेको छलफलमा सहभागी भएर फर्कने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो । पक्राउपछि उनलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको छ ।

ADVERTISEMENT

तामाङ आज प्रधानमन्त्रीसँगको छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए । छलफलमा बाढी प्रभावित क्षेत्रको अवस्था तथा राहत र पुनःस्थापनालगायतका विषयमा जनप्रतिनिधिसँग छलफल भएको थियो ।