काठमाडौं । कामना सेवा विकास बैंकले इलाका प्रहरी कार्यालय बुटवललाई प्रिन्टर सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रहरी कार्यालयलाई प्रिन्टर प्रदान गरेको हो ।
एक समारोहबीच कामना सेवा विकास बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानालाई प्रिन्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रहरी निरीक्षक धर्मराज खत्री र शालिकराम खनाल र बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल-बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका सञ्चालक तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रम सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्तबाबु आचार्यले गरेका थिए ।






