काठमाडौं, कात्तिक १८ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको छ।कम्पनीका सञ्चालक समिति अध्यक्ष शशीन जोशीको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८३/८४ का लागि जीपी राजबहाक एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको कम्पनीले जनाएको छ।

 

ADVERTISEMENT