काठमाडौँ, भदौ १९ गते । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
सुरुङभित्र फसेका उनलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको हो। उद्धारपछि घटनास्थलमै प्रारम्भिक उपचार गरिएको थियो।
त्यसपछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो। काठमाडौँ ल्याइएका उनलाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको छ।
सुरुङभित्र १० दिनसम्म फसेपछि जीवितै उद्धार हुनुलाई उद्धार टोलीले महत्वपूर्ण सफलता मानेको छ।







