काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सञ्चालन गरिएको उद्धार तथा राहत कार्यमा प्रदेश र स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

बाढी आएको छैटौँ दिनको वस्तुस्थिति फेसबुकमार्फत सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश तथा स्थानीय सरकारहरूले दिएको साथ र समन्वय निकै महत्त्वपूर्ण रहेको बताएका छन्।

ADVERTISEMENT

प्रधानमन्त्री शाहका अनुसार हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको छ भने ९३९ जनाको शव फेला परेको छ। राहत वितरणमा स्थानीय सरकारको सक्रियताले ३ हजार ६९६ प्रभावित नागरिकसम्म राहत सामग्री पुर्‍याइएको उनले उल्लेख गरेका छन्।

ADVERTISEMENT

‘स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्। उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। उक्त रकम पारदर्शी रूपमा पीडितको हितमा प्रयोग गरिने उनले प्रतिबद्धता जनाएका छन्।

सडक, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनामा भइरहेको प्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले अब सरकारको ध्यान पूर्ण रूपमा पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनमा केन्द्रित हुने बताएका छन्।

ADVERTISEMENT

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण यस्ता विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने समय आएको समेत बताएका छन्।