काठमाडौँ ।  भारतीय सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। तीनदिने नेपाल भ्रमणमा रहेका सेठले भेटका क्रममा नेपाल–भारत मैत्री सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने बताइएको छ।

भारतको प्रधानसेनापति नियुक्त भएपछि सेठले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका हुन्। प्रधानमन्त्री शाहको कार्यकालमा नेपाल भ्रमण गर्ने उनी भारतका उच्च अधिकारीमध्ये एक हुन्।

ADVERTISEMENT

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा रहँदै आएको छ।

ADVERTISEMENT

नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले सोमबार प्रधानसेनापति सिग्देलसँग पनि भेटवार्ता गरेका थिए। भेटपछि उनले नेपाली सेनालाई स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका थिए।