काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई उपलब्ध गराएको हो।

सहयोग रकम बराबरको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

कम्पनीले उपलब्ध गराएको सहयोगबाट बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ADVERTISEMENT

नेपाल लाइफले विपद्का कारण प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

ADVERTISEMENT

कम्पनीले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि जनाएको छ।

साथै, नेपाल लाइफले बाढी प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।