काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद् बैठकमा उपस्थित हुन नसकेमा अनिवार्य रूपमा अनुपस्थिति आवेदन फाराम भर्नुपर्ने भएको छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सोमबार पार्टीका सबै सांसदलाई यस्तो निर्देशन दिएका हुन्। संसद् बैठकमा पूर्ण रूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठकबीचमै बाहिरिनुपर्ने वा बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने अवस्थामा समेत गुगल फाराममार्फत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

मुख्य सचेतक बुर्लाकोटीका अनुसार संसद् बैठकमा सांसदहरूको उपस्थिति व्यवस्थित र प्रभावकारी बनाउन यस्तो व्यवस्था गरिएको हो।

ADVERTISEMENT

यस व्यवस्थापछि रास्वपाका सांसदहरूले बैठकमा आफ्नो उपस्थिति तथा अनुपस्थितिको कारण औपचारिक रूपमा अभिलेख गराउनुपर्नेछ।

ADVERTISEMENT