काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको भाउ बढेको छ। सुन प्रतितोला तीन हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तीन लाख पाँच हजार दुई सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला सुनको भाउ तीन लाख १ हजार ६ सय पुगेको थियो।

आज चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार ५० रुपैयाँले बढेर प्रतितोला तोला चाँदी चार हजार ७१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार सोही परिमाणको चाँदी चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT