काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकारबाही, मन्त्रालयगत प्रस्ताव तथा पछिल्ला समसामयिक विषयमा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।





