काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा ४८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँ पुगेको छ ।

शुक्रबार तोलामा नौ सय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ९६ हजार नौ सय रुपैयाँ पुगेको थियो। बिहीबार सुनको भाउ तोलामा आठ हजार रुपैयाँ बढेको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेर चार हजार ६ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनचाँदी दुवैको मूल्य चार दिनदेखि निरन्तर बढिरहेको छ ।

ADVERTISEMENT