काठमाडौं । ग्लोबल आइएमई बैंकले युवाहरूलाई लक्षित गरी ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
खाता खोल्नका लागि लागि बैंक जानै पर्छ भन्ने छैन । घरमै बसेर मिनेटमै खाता खोल्न सकिनेछ ।
राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रयोग गरी विश्वको जुनसुकै कुनाबाट पनि यो खाता खोल्न सकिने व्यवस्था गरिएको छ। खाता खोल्न तथा सञ्चालन गर्न न्यूनतम मौज्दात राख्नुपर्ने अनिवार्य छैन । बैंकका अनुसार पहिलो वर्ष मोबाइल बैंकिङको कुनै शुल्क लाग्ने छैन । न्यूनतम बचत शून्य रहने छ ।
सेवाग्राहीले खाता खोल्न आवेदन दिएपश्चात तत्काल खाता सञ्चालन हुनेछ । बचतमा आकर्षक ब्याजदर पनि उपलब्ध रहने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङलाई सहज, छिटो र झन्झटमुक्त बनाउने उद्देश्यले यो सेवा विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको बैंकको भनाइ छ।






