काठमाडौं । ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । बैंकको कोशी प्रदेशमा कार्यरत खड्काले सोमबार आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे उनी आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानमा पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

ADVERTISEMENT

छोरा झुन्डिएको अवस्थामा फेला परेपछि उनको बुवा महेश खड्काले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको थियो ।

प्रहरी निरीक्षक नवीन राईका अनुसार खड्काले आत्महत्या गर्नुअघि फेसबुकमा बैंकका सीईओसहित चार उच्च अधिकारीहरूको नाम उल्लेख गरी तस्वीरसमेत सार्वजनिक गरेका थिए ।

ADVERTISEMENT

खड्काले दीपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको तस्बिर राखेर क्याप्सनमा लेखेका छन्, ‘यु बास्टर्ड किल्ड मी ।’ अर्थात् तिमीहरू हरामीले मलाई मार्‍यौ भन्ने सुसाइड नोट खड्काले लेखेका छन् । तर किन आत्महत्या गरेको भन्ने अझै खुलेको छैन ।