काठमाडौं।  नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ को नियम ५२ को उपदफा (१) को अधिकार प्रयोग गरी व्यवसायजन्य रोगहरूको नयाँ सूची सार्वजनिक गरेको छ। यो सूची नेपाल राजपत्र भाग ५, मा प्रकाशित भएको छ । यस सूचिमा विभिन्न कार्यस्थलमा हुने जोखिमजन्य रोगहरू वर्गीकृत गरी समावेश गरिएको छ। 

यस नियमले पार्ने प्रभाव 

यस नियमले कार्यस्थलमा उत्पन्न हुने रोगहरूलाई कानूनीरुपमा  मान्यता प्रदान गरेको छ र यसअन्तर्गत पेशागत वा व्यवसायजन्य रोगहरूलाई औपचारिक रूपमा पहिचान गरी संरक्षणको दायरामा ल्याएको छ। यसले काम गर्ने क्रममा हुने स्वास्थ्य जोखिमहरूलाई स्पष्ट रूपमा परिभाषित गर्दै सम्बन्धित उद्योगहरूमा रहेका श्रमिकहरूको  स्वास्थ्य सुरक्षा सुनिश्चित हुने अवस्था सिर्जना गरेको  छ।

सुचिकृत रोगहरु

नेपाल सरकारले जारी गरेको व्यवसायजन्य रोगहरूको सूची

  • टार, पिच, बिटुमेन, खनिज तेल, एन्थ्रासाइट वा यी पदार्थहरूको यौगिक, उत्पादन वा अवशेष बाट हुने रोगहरू
  • टार, पिच, बिटुमेन, खनिज तेल, एन्थ्रासाइट वा यी पदार्थहरूको यौगिक, उत्पादन वा अवशेष
  • काठको धूलो, आर्सेनिक र यसका कम्पाउन्डहरु क्याडमियम बाट हुने रोगहरू
  • हेपाटाइटिस बी भाइरस र हेपाटाइटिस सी
  • एस्बेस्टोस, क्रोमियम VI कम्पाउन्ड,कोइला टार्स, कोइला टार पिचहरू वा सुट्स,बेन्जिन बाट हुने रोगहरू
  • मेनिस्कस लिजन्स 
  • कार्पल टनेल सिंड्रोम 
  • मानसिक तथा व्यवहारिक आघातपछिको तनाव विकार
  • हात र नाडीको दीर्घकालिन टेनोसिनोभाइटिस
  • ओलेक्रानन बर्साइटिस (Olecranon Bursitis )
  • प्रीपाटेलर बर्साइटिस (Prepatellar Bursitis )
  • एपिकोन्डिलाइटिस (Epicondylitis )
  • डर्माटोसिस र कन्ट्याक्ट उर्तिकेरिया जस्ता एलर्जी
  • इरीटेन्ट कन्ट्याक्ट डर्माटोसिस मांसपेशीगत विकारहरू
  • रेडियल स्टाइलोइड टेनोसिनोभाइटिस
  • साइडरोसिस (Siderosis)
  • ब्रोन्कोपल्मोनरी 
  • पल्मोनरी रोगहरु
  • लेप्टोस्पायरोसिस 
  • निमोकोनियोसिस
  • सिलिको क्षयरोग
  • न्यूमोकोनिओसिस
  • ब्रुसेलोसिस
  • हेपाटाइटिस भाइरस 
  • सुमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआईभी) 
  • टेटनस (Tetanus)
  • क्षयरोग (Tuberculosis)
  • एन्थ्रेक्स (Anthrax
  • अर्गानिक सोल्भेन्ट्सका कारण हुने रोगहरू
  • क्लोरीनको कारण हुने रोगहरू
  • भौतिक एजेन्टहरूको कारण
  • उच्च ध्वनीका कारण श्रवण शक्तिमा हास 
  • लेजर सहित अप्टिकल (अल्ट्राभायोलेट, भिजिवल लाइट, इन्फ्रारेड) विकिरणहरुबाट हुने रोगहरू
  • अत्याधिक तापक्रमको सम्पर्कबाट हुने रोगहरू
  • कार्बन मोनोअक्साइड, हाइड्रोजन सल्फाइड, हाइड्रोजन सायनाइड वा यसका डेरिभेटिभहरू जस्ता श्वासप्रश्वासजन्य पदार्थहरूबाट हुने रोगहरू 
  • फार्मास्युटिकल एजेन्टहरूको कारण हुने रोगहरू
  • जिंक वा यसको कम्पाउन्डहरुको कारण हुने रोगहरू 
  • सल्फर अक्साइडका कारण हुने रोगहरू 
  • मर्क्युरी वा यसको कम्पाउन्डहरुको कारण हुने रोगहरू
  • लिड वा यसको कम्पाउन्डहरुको कारण हुने रोगहरू
  • बेन्जिन वा यसको समरूपताहरुबाट हुने रोगहरू
  • अल्कोहल, ग्लाइकोल वा किटोन्सको कारण हुने रोगहरू

यस नियम अन्तर्गत समावेश क्षेत्रहरू/उद्योगहरु
नेपाल सरकारले जारी गरेको व्यवसायजन्य रोगहरूको सूचीमा विशेषगरी निम्न  उद्योग र क्षेत्रहरू समावेश छन् ।

  • थर्मोमिटर, इलेक्ट्रोनिक,स्विचहरु, फ्लोरोसेन्ट उद्योगहरु
  • बत्तीहरु र दन्त भर्नेहरूमा सुन र चाँदीको प्लेटिङ उद्योगहरु
  • लिड एसिड ब्याट्री ग्याल्भेनाइजेसन, सोल्डरिङ उद्योगहरु
  • इलेक्ट्रोनिक्स एसेम्बलिङ पेन्ट उद्योगहरु
  • लुब्रिकेन्ट्स, प्लास्टिक, रबर, रङ, मुद्रण उद्योगहरु 
  • अल्कोहल, ग्लाइकोल वा किटोन्स बनाउने उद्योगहरू 
  • रासायनिक प्रयोगशालाहरू
  • फार्मास्युटिकल उद्योगहरु
  • गैल्वनाइजिंग, ड्राई सेल ब्याट्री उद्योगहरु
  • चिनी उत्पादन गर्ने उद्योगहरु 
  • अर्गानिक सोल्भेन्ट्स प्रयोग गर्ने उद्योगहरु
  • कागज उत्पादन गर्ने उद्योगहरू
  • ब्लिचिंग पाउडर प्रयोग गर्ने कार्यस्थलहरू
  • उच्च ध्वनी उत्पन्न गर्ने उद्योगहरु
  • अल्ट्राभायोलेट, भिजिवल लाइट, इन्फ्रारेड उत्पन्न गर्ने उद्योगहरु
  • उच्च तापक्रम हुने उद्योगहरु
  • गाईवस्तु पालन, मासु प्रशोधन उद्योगहरु
  • चिकित्सक
  • खिया लागेका वस्तुप्रयोग हुने कार्यस्थलहरू
  • गाईवस्तु पालन 
  • सिलिका, कोइला र एस्बेस्टोस उत्खनन् तथा प्रशोधन उद्योगहरु
  • खनिज उत्खनन् उद्योगहरु
  • फलाम पगाल्ने, फलामको स्क्र्याप प्रयोग गर्ने उद्योगहरु
  • कडा मेटलहरू (टंगस्टन,इरिडियम, स्टिल,ओस्मियम, क्रोमियम) प्रयोगगर्ने उद्योगहरु
  • उखु प्रशोधन उद्योगहरु
  • जोखिमसँग सम्बन्धित सबै कामहरू

कार्यस्थलमा हुने  रोगका प्रमुख कारणहरू के हुन्?
कार्यस्थलमा हुने व्यवसायजन्य रोगहरू प्रायः वातावरणमा रहेका विभिन्न खतरनाक एजेन्टहरूका कारण हुन्छन्, जुन मुख्य रूपमा रासायनिक, भौतिक, जैविक र मनोवैज्ञानिक कारकहरूमा विभाजित गर्न सकिन्छ। रासायनिक एजेन्टहरूमा क्रोमियम, पेन्ट, धातु प्लेटिङ, रासायनिक धूलो र वाफहरू पर्दछन्, जसले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। भौतिक कारकहरूमा अत्यधिक आवाज, तापक्रमको असमानता, विकिरण र धूलो रहेका छन्, जसले शरीरमा विभिन्न रोगहरू निम्त्याउन सक्छ। साथै, जैविक एजेन्टहरू जस्तै मल, मुत्र र अन्य तत्वहरूले ब्याक्टेरिया र भाइरस उत्पन्न गरी संक्रमणजन्य रोगहरूको जोखिम बढाउँछन्। कार्यस्थलको अत्यधिक तनाव र मानसिक दबाबजस्ता मनोवैज्ञानिक तत्वहरुले  पनि श्रमिकहरूमा शारीरिक र मानसिक रोग निम्त्याउन सक्छन्

उद्योगहरूको जिम्मेवारी र श्रमिक सुरक्षाको महत्त्व
सरकारले जारी गरेको नयाँ सूचीले उद्योगहरूलाई कर्मचारीको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी जिम्मेवारी थपेको छ। यसले काम गर्ने ठाउँमा रासायनिक एजेन्टहरूको नियन्त्रण, सुरक्षा उपकरणको अनिवार्य प्रयोग, र श्रमिकलाई जोखिम र सुरक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्न आवश्यक बनाएको छ।