काठमाडौं । दुई दशकदेखि सरकारी तह जिटुुजीमार्फत कोरियामा कामदार पठाउदै आएकोमा निजी  क्षेत्रका लागि पनि ढोका खुुला भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि जारी गरी निजी क्षेत्रमार्फत कामदार पठाउन सक्ने कानुनी आधार बनाएको हो । जिटुजीमार्फत कोरियामा कामदार पठाउने गरी नेपालमा ईपिएस शाखा स्थापना गरेको १९ वर्षपछि सरकारले कोरियाको रोजगारीमा निजी क्षेत्रलाई प्रवेश गराउने बाटो खुुला गरेको हो ।

हाल कोरियामा जिटुजीबाट मात्र श्रमिक जान सक्ने प्रावधान रहेको छ । कोरियाले लामो समयदेखि फेयर रिक्रुटमेन्टलाई आधार बनाएर कामदार माग गर्ने र पठाउने विषयलाई प्राथमिकता दिदै आएको छ । जिटुुजीमार्फत वार्षिकरुपमा ठुुलो संख्यामा कोरियामा रोजगारीका लागि युवा जाने गरेका छन ।