काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा पञ्चायतकालभन्दा पनि बर्बरतापूर्ण दमन भइरहेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले पञ्चायतकालमा समेत अहिलेजस्तो दमन नभएको दाबी गरे।

ओलीले आफूलाई पक्राउ गरिएको घटनाको उल्लेख गर्दै त्यसक्रममा विरोधमा उत्रिएका एमाले नेता–कार्यकर्तामाथि पनि राज्यले दमन गरेको आरोप लगाए।

ADVERTISEMENT

प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै ओलीले भने, ‘कुन दमन, कुन बर्बरता? कुन राणा शासनमा छु भन्ने लागेको छ सरकारलाई? प्रहरी फेरि के भएको हो? अस्ति प्रहरीलाई लखेटी–लखेटी दुःख दिनेहरूकै आदेशमा अहिले केही प्रहरी दमन गर्न लागिपरेका छन्।’

ADVERTISEMENT

ओलीले सरकारले आफ्नो कार्यशैली नसच्याए जनताले दमनविरुद्ध जाग्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिए।