काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न गर्ने आफ्नो हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।

सोमबार पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले आफ्नो पुरानो घर रहेको रातोपुल क्षेत्रमा समेत शंकास्पद रूपमा गाडी राखिएको जानकारी आएको उल्लेख गर्दै सरकार प्रश्न गर्नेहरूको आवाज दबाउन खोजिरहेको आरोप लगाए।

ADVERTISEMENT

उनले सरकारले नै प्रश्न गर्नेहरूको मुख बन्द गर्न अग्रसर हुनु गम्भीर र अचम्मलाग्दो विषय भएको बताए। “सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्नका लागि अघि सरेको छ। यो अत्यन्तै गम्भीर विषय हो। यस्ता घटनाले कसैको प्रश्न गर्ने हक वा हिम्मत खोस्न सक्दैन,” थापाले भने।

ADVERTISEMENT

उनले यस्ता गतिविधि खेदजनक भएको उल्लेख गर्दै लोकतान्त्रिक समाजमा प्रश्न गर्ने अधिकार सुरक्षित रहनुपर्नेमा जोड दिए। थापाले विगतमा यस्तै प्रवृत्तिका कारण पुराना राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै अहिले पनि त्यही गल्ती दोहोरिनु चिन्ताजनक भएको बताए। यस्ता घटना पुनः नदोहोरिऊन् भन्नेमा सबै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ थियो।