काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न चेतावनी दिएका हुन्।

ADVERTISEMENT

उनले सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण संसद्को अभिभावक भएकाले आफ्नो संवैधानिक भूमिका बुझेर अघि बढ्नुपर्ने बताए। संसद्मा सबै दलका प्रतिनिधिले आफ्नो धारणा राख्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

आङ्देम्बेले सत्तापक्षबाट पटक–पटक विवादास्पद अभिव्यक्ति आइरहे पनि प्रतिपक्षले संसद्को दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा नलिन आग्रह गरे।

उनका अनुसार प्रतिपक्षले देखाएको सहकार्य मुलुकको हितलाई केन्द्रमा राखेर गरिएको हो, त्यसलाई मित्रवत् व्यवहारका रूपमा बुझ्नुपर्नेछ।

ADVERTISEMENT

उनले सत्तापक्षले विपक्षी दलसँग पर्याप्त समन्वय नगर्दा संसद्मा समस्या उत्पन्न भइरहेको पनि आरोप लगाए।