काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न तथा नेपालमा लगानी गरिसकेका उद्योगीलाई लगानी विस्तार गर्न आह्वान गर्ने भएका छन्।

भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको राउन्ड टेबल छलफललाई अर्थमन्त्री वाग्लेले शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

सीआईआईकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वाग्लेले नेपालमा लगानीका अवसरबारे भारतीय उद्योगपतिलाई जानकारी गराउनेछन्।

ADVERTISEMENT

उनले लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितताका विषयमा नेपाल सरकारको धारणा पनि प्रस्तुत गर्ने उनको सचिवालयले जनाएको छ।

छलफलमा सीआईआईका पूर्वअध्यक्ष एवं आईटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन भारतीय उद्योगपति सहभागी हुने जनाइएको छ।

ADVERTISEMENT