काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आज आमनेसामने हुँदैछन्। अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने बहुप्रतीक्षित खेल नेपाली समयअनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुनेछ।

खेलअघि स्विट्जरल्यान्ड चोटको समस्याले प्रभावित बनेको छ। टोलीका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण बाहिर छन् भने ज्याक्वेज मांसपेशीको समस्याका कारण खेल्न नसक्ने भएका छन्। एबिसरको सहभागितामाथि पनि शङ्का रहेको छ।

ADVERTISEMENT

यता अर्जेन्टिना भने पूर्ण टोलीका साथ मैदान उत्रने तयारीमा छ। टोलीमा कुनै पनि प्रमुख खेलाडी घाइते नरहेकाले प्रशिक्षकले अघिल्लो खेलकै सुरुआती टोलीलाई निरन्तरता दिने सम्भावना छ।

यस खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी नयाँ कीर्तिमान बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्। यस क्वार्टरफाइनलको विजेताले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

ADVERTISEMENT