काठमाडौं। “साथी थियो तर टाढा थियो, माया थियो गाढा थियो। तर सम्बन्धलाई अझै गाढा बनाउनु थियो, सम्बन्धका गाँठाहरू फुकाउनु थियो। र अन्तिममा आफ्ना अनि आफन्तहरूलाई अझ नजिक ल्याउनु थियो। तर यी सबैका लागि कुन कम्पनीको मोबाइल नम्बर लिने भन्ने धेरै जानकारी मलाई थिएन। जब मैले एनसेलबारे जानेँ, बुझेँ अनि एनसेलको सेवा उपभोग गर्न थालेँ। अहिले एनसेल मेरो हरेक सम्बन्धको सेतु बनेको छ। जसको साथमा माया अझै गाढा भएको छ, सम्बन्ध अझै गहिरो भएको छ।”
एनसेलबारे एक ग्राहकले यसो भनिरहँदा एनसेलका सबै सेवाप्रति गर्व गर्नु आफैँमा गौरवको विषय लाग्ने अनुभूति हुँदो रहेछ। एनसेलले अहिले नेपालमा प्रिपेड मोबाइल सेवा, पोस्टपेड मोबाइल सेवा, फोरजी इन्टरनेट सेवा, भ्वाइस कल सेवा, एसएमएस सेवा, अन्तर्राष्ट्रिय रोमिङ, अन्तर्राष्ट्रिय प्रत्यक्ष डायल सेवा, डिजिटल रिचार्ज सेवा, एनसेल एपमार्फत प्याक खरिद तथा खाताको व्यवस्थापन, व्यवसायिक तथा कर्पोरेट सञ्चार समाधान, डेटा प्याक, भ्वाइस प्याक तथा कम्बो प्याक सेवा सञ्चालन गर्दै आएको छ।
यी सबै सेवाको शुल्क एकदमै किफायती रहेको छ भने समय–समयमा एनसेलले आफ्ना सेवा तथा प्याकहरूको शुल्क परिमार्जन गर्दै आएको छ। सामान्य रूपमा स्थानीय कलको शुल्क करसहित प्रति मिनेट करिब दुई रुपैयाँ पाँच पैसा रहेको छ। एसएमएस सेवाको शुल्क एनसेलभित्र र अन्य नेटवर्कमा फरक–फरक निर्धारण गरिएको छ। एनसेलले २५ रुपैयाँदेखि सुरु हुने दैनिक डेटा प्याकदेखि मासिक डेटा तथा कम्बो प्याकसम्म विभिन्न योजना उपलब्ध गराएको छ। एनसेलका लोकप्रिय प्याकहरूमध्ये दैनिक डेटा, साप्ताहिक डेटा, मासिक डेटा, अनलिमिटेड कल प्याक, रात्रीकालीन डेटा प्याक तथा सामाजिक सञ्जाल केन्द्रित डेटा योजनाहरू रहेका छन्। ग्राहकले आफ्नो आवश्यकताअनुसार विभिन्न प्याक रोज्न सक्ने सुविधा एनसेलले दिएको छ।
नेपालको दूरसञ्चार क्षेत्रमा डिजिटल सेवाको विस्तारमा एनसेलको निकै ठूलो भूमिका रहेको छ। पछिल्लो समय मुलुकमा स्मार्टफोन प्रयोगकर्ता बढ्दै जाँदा एनसेलले फोरजी सेवा विस्तार, मोबाइल एप, डिजिटल रिचार्ज, इ–सिम, अनलाइन ग्राहक सेवा तथा डिजिटल कारोबारलाई सहज बनाउने विभिन्न सुविधा सञ्चालनमा ल्याएको छ। एनसेलले नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गरी सूचना तथा सञ्चार प्रविधिको पहुँच बढाउनमा पनि निकै ठूलो योगदान दिएको छ। सिंगो मुलुकको शिक्षा, स्वास्थ्य, व्यवसाय तथा सरकारी सेवामा डिजिटल पहुँच विस्तार गर्न एनसेलको उल्लेखनीय भूमिका रहेको छ।
नेपालमा कुनै समय सीमित पहुँच र न्यून प्रविधिमा आधारित रहेको सञ्चार सेवा आज देशका अधिकांश भूभागमा मोबाइल तथा उच्च गतिको इन्टरनेट सेवामा रूपान्तरण भइसकेको छ। यो परिवर्तनमा निजी क्षेत्रअन्तर्गतको एनसेलको योगदान निकै उच्च रहेको छ। निजी दूरसञ्चार सेवा प्रदायकका रूपमा एनसेलले नेपालको सञ्चार क्षेत्रमा प्रतिस्पर्धा, नवीन प्रविधि, सेवा विस्तार तथा डिजिटल रूपान्तरणलाई नयाँ गति दिएको छ। तत्कालीन समयमा स्पाइस नेपाल प्रालिका रूपमा सुरु भएको यो कम्पनी आज नेपालका प्रमुख दूरसञ्चार सेवा प्रदायकमध्ये एक रहेको छ।
नेपालमा एनसेलको सुरुआत सन् २००४ मा स्पाइस नेपाल प्रालिका रूपमा भएको थियो। त्यसपछि कम्पनीले सन् २००५ मा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो। त्यो समयमा नेपालमा मोबाइल सेवा सीमित थियो र प्रतिस्पर्धा पनि निकै कम थियो। निजी क्षेत्रको प्रवेशसँगै दूरसञ्चार सेवामा प्रतिस्पर्धा बढ्यो, जसले सेवा विस्तार, गुणस्तर सुधार तथा मूल्यमा प्रतिस्पर्धा ल्यायो।
सन् २०१० मा मलेसियाको आजीयाटा समूहले कम्पनीको अधिकांश स्वामित्व खरिद गरेपछि कम्पनीको नाम एनसेल आजीयाटा लिमिटेड राखियो। त्यसपछि कम्पनीले देशभर आफ्नो नेटवर्क विस्तार गर्दै २जी, ३जी र ४जी सेवा सञ्चालन गर्यो। पछिल्ला वर्षहरूमा स्वामित्व संरचनामा परिवर्तन भए पनि एनसेल नेपालको प्रमुख निजी दूरसञ्चार सेवा प्रदायकका रूपमा निरन्तर सक्रिय छ।
मुलुकको समग्र अर्थतन्त्रमा एनसेलको योगदान निकै ठूलो रहेको छ। कम्पनीले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), दूरसञ्चार सेवा शुल्क, फ्रिक्वेन्सी शुल्क, रोयल्टी तथा अन्य सरकारी शुल्कमार्फत अर्बौं रुपैयाँ राजस्व बुझाउँदै आएको छ। अर्कोतर्फ, एनसेलले नेपालमा ठूलो परिमाणमा विदेशी लगानी आकर्षित गरेको छ। निजी क्षेत्रबाट आएको लगानीले नेपालको दूरसञ्चार पूर्वाधार विस्तार गर्न सहयोग पुर्याएको छ।
एनसेलले प्रत्यक्ष रूपमा हजारौँ कर्मचारीलाई रोजगारी दिएको छ भने डिलर, वितरक, सेवा केन्द्र, रिचार्ज विक्रेता तथा अन्य साझेदार व्यवसायमार्फत हजारौँ मानिसलाई अप्रत्यक्ष रोजगारीको अवसर सिर्जना गरेको छ।
सामाजिक उत्तरदायित्व पूरा गर्ने विषयमा पनि एनसेल निकै अगाडि देखिएको छ। एनसेलले मुलुकको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, महिला सशक्तीकरण, डिजिटल साक्षरता तथा ग्रामीण विकासका क्षेत्रमा विभिन्न संस्थासँग सहकार्य गर्दै सामाजिक योगदान पुर्याएको छ। यसैगरी प्राकृतिक विपद्का बेला राहत तथा उद्धारमा सहयोग, विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग, डिजिटल शिक्षा प्रवर्द्धन तथा सामाजिक चेतनामूलक अभियान सञ्चालन गर्नमा पनि एनसेल निकै अगाडि देखिएको छ।
नेपालका सातवटै प्रदेशअन्तर्गतका ७७ वटै जिल्लामा रहेका ७५३ स्थानीय तहमा एनसेलका करिब एक करोड ४० लाख सक्रिय मोबाइल ग्राहक रहेका छन्। जसमध्ये अधिकांश ग्राहक कम्पनीको सेवाप्रति सन्तुष्ट रहेका छन्।









