काठमाडौं– सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता बढाएको छ।
शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ अनुसार अब माध्यमिक विद्यालयका प्रधानाध्यापकले मासिक ३ हजार रुपैयाँ, निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले २ हजार रुपैयाँ र प्राथमिक विद्यालयका प्रधानाध्यापकले १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था गरिएको छ।
यसअघि माध्यमिक विद्यालयका प्रधानाध्यापकले मासिक ५०० रुपैयाँ, निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले ३०० रुपैयाँ र प्राथमिक विद्यालयका प्रधानाध्यापकले २०० रुपैयाँ भत्ता पाउँदै आएका थिए।
सरकारले संशोधित नियमावलीमार्फत प्रधानाध्यापकहरूको मासिक भत्तामा उल्लेखनीय वृद्धि गरेको हो।






