काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

ADVERTISEMENT

यस जितसँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ।

ADVERTISEMENT

अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

सातौँ पटक विश्वकप खेलिरहेको कोलम्बियाले नकआउट चरणमा दोस्रो जित निकालेको हो। यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो।

ADVERTISEMENT

कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेताका रूपमा राउन्ड अफ ३२ मा स्थान बनाएको थियो।