काठमाडौं ।गृहमन्त्री सुदन गुरुङले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बजार अनुगमन प्रभावकारी बनाउन तथा अस्वच्छ, दूषित र गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गर्नेमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्।

मंगलबार आफ्नो आधिकारिक फेसबुकमार्फत गृहमन्त्री गुरुङले नागरिकको स्वास्थ्य र जिउधनको सुरक्षा राज्यको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने बताएका हुन्।

गृह मन्त्रालयले जारी गरेको निर्देशनमा होटल तथा रेष्टुरेन्टहरूमा खाद्य गुणस्तर र सरसफाइको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न, कानुन उल्लङ्घन गर्ने व्यवसायीमाथि तत्काल कारबाही अघि बढाउन तथा प्रत्येक जिल्ला प्रशासन कार्यालयमा गुनासो सुनुवाइ संयन्त्र स्थापना गरी नागरिकका गुनासो उच्च प्राथमिकताका साथ सम्बोधन गर्न भनिएको छ।

ADVERTISEMENT

गृहमन्त्री गुरुङले नागरिकलाई पनि यस्ता गतिविधिबारे जानकारी भए सम्बन्धित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा तत्काल सूचना दिन आग्रह गरेका छन्। साथै, नागरिकको स्वास्थ्यमा खेलवाड गर्नेहरूसँग कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।

ADVERTISEMENT

ADVERTISEMENT