चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

मंगलबार चितवनमा जारी महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को प्रस्तावमा लामिछानेले सभापति पदमा उम्मेदवारी दिएका थिए। उक्त पदमा अन्य कुनै उम्मेदवार नपरेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

लामिछानेको निर्विरोध चयनपछि वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले आफू र रवि लामिछानेको स्केच चित्र सार्वजनिक गर्दै पार्टीलाई शुभकामना दिएका हुन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”
रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्यमा निर्वाचित हुन आवश्यक पर्दैन। अन्य पदका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ।

ADVERTISEMENT

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने जनाइएको छ।

ADVERTISEMENT