काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँ र चाँदी १४० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी प्रतितोला चार हजार ५९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी तोलाको चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो।





