काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समूह नेपाललाई विशेष सहयोग प्रदान गरेको छ।

बैंकले विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले महाकाली नगरपालिका–३, दार्चुलामा रहेको श्री हुनैनाथ माध्यमिक विद्यालयलाई एक थान ल्यापटप उपलब्ध गराएको हो। हाल १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा आयोजित कार्यक्रममा बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई ल्यापटप हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT

त्यसैगरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको पुनःस्थापना तथा दीर्घकालीन हेरचाहमा सक्रिय मेरुदण्डिय पक्षघात समूह नेपाललाई बैंकले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ। आयोजित कार्यक्रममा बैंकका काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी र महासचिव केशव थापालाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।

बैंकले विद्यालयलाई प्रदान गरिएको ल्यापटपले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहजता ल्याउनुका साथै प्रविधिमा पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरेको छ। साथै, मेरुदण्डिय पक्षघात समूह नेपाललाई उपलब्ध गराइएको आरओ वाटर प्युरिफायरले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य तथा सरसफाइमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT