काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकको प्रारम्भमा विशेष समय लिएर आआफ्नो धारणा राखेपछि दुवै दलका सांसद बाहिरिएका छन् ।
यद्यपि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक जारी राखेका छन् । आज बिहान प्रमुख पाँच दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेले बैठक सञ्चालनका विषयमा छलफल गरेका थिए ।
बैठकले साउन महिनाका लागि क्यालेन्डर तयार गरेको छ । जसअनुसार साउनमा सोमबार (१९ गते), २० गते, २१ गते, २७ गते, २८ गते र २९ गते प्रतिनिधिसभाको बैठक बस्नेछ ।
आजको बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे जानकारी गराउने कार्यसूची छ । यस्तै, भन्सार विधेयक, राष्ट्रिय खेलकुद विकास विधेयकमाथि छलफल हुनेछ ।








