काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको चार दिने चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार मन्त्री खनालको चीन भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो ।

खनालले चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार (जेठ ३१ गते) देखि औपचारिक भ्रमण गर्दैछन् । उनी असार ३ गते स्वदेश फर्किनेछन् ।

ADVERTISEMENT

मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र गहिरो सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुनेछ।

साथै खनालले चीनका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग पनि भेट गर्ने भएका छन् । तर को कोसँग भेटवार्ता हुँदैछ भन्ने मन्त्रालयले कुनै जानकारी गराएको छैन ।
मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिने र चिनियाँ व्यापार समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

उनी नेपालको दूतावासले आफ्नो सम्मानमा आयोजना गर्ने स्वागत स्वागत समारोहमा पनि सहभागी हुनेछन् । खनालले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।