काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणको क्रममा आइतबार बेइजिङ पुगेका छन् ।

खनाललाई विमानस्थलमा दूतावासकी प्रमुख कार्यकारी अधिकृत रोशन खनाल र चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

ADVERTISEMENT

चार दिने भ्रमणका क्रममा खनाल आइतबार बिहानै चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी वाङ यीको औपचारिक निमन्त्रणामा खनाल बेइजिङ गएका हुन् ।

डेढ साताअघि मात्रै परराष्ट्रमन्त्री खनाल भारतको तीन दिने भ्रमण पूरा गरी फर्केका थिए । लगत्तै उनी उत्तरी छिमेकी चीन भ्रमणमा गएका हुन् । नयाँ सरकार बनेसँगै छिमेकीलाई पहिलो प्राथमिकता दिइएको छ । खनालले आजैदेखि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT