काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन्।

ADVERTISEMENT

“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” साम्पाङले सदनमा भने।

उनले प्रतिनिधिसभा नियमावलीको उल्लंघन भएको दाबी गर्दै संसद्को कार्यसञ्चालन नियमावलीको पूर्ण पालना गर्न पनि आग्रह गरे। संसद्को मर्यादा, प्रक्रिया र नियमलाई सबै पक्षले सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

ADVERTISEMENT

प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर पछिल्ला दिनमा संसद्भित्र र बाहिर राजनीतिक बहस चर्किँदै आएको छ। विपक्षी दलहरूले उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीबाट स्पष्टीकरण तथा सच्याउने कदमको माग गर्दै आएका छन्।