काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ।
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार सरुवा गरिएका प्रहरी निरीक्षकहरूले आगामी असार महिनादेखि हाल सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा अन्य सेवा–सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार संगठनात्मक आवश्यकता, कार्यसम्पादन र जनशक्ति व्यवस्थापनलाई ध्यानमा राखेर देशभरका विभिन्न प्रहरी कार्यालय, इकाइ तथा विभागमा कार्यरत इन्सपेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
प्रहरी संगठनभित्र नियमित रूपमा गरिने सरुवा प्रक्रियाअन्तर्गत यसपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको एकैपटक सरुवा गरिएको जनाइएको छ। सरुवापछि सम्बन्धित प्रहरी कर्मचारीहरूलाई तोकिएको नयाँ कार्यस्थलमा समयमै हाजिर हुन निर्देशन दिइएको छ।
सरुवाको विस्तृत विवरण प्रहरी प्रधान कार्यालयले सम्बन्धित इकाइहरूलाई पठाइसकेको छ।
पुरा सुची









