काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गरे । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ बजेका लागि प्रतिनिधिसभाको आजको बैठक १५ः१५ बजे सुरू भएको थियो ।

ADVERTISEMENT

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा परराष्ट्रमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिने र प्रधानमन्त्रीले बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति जुटेको थियो ।

सोही सहमतिपछि प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । सभामुख डोलप्रसाद अर्यालले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्न समय दिए । लगत्तै श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए । मन्त्री खनाल बोलिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

ADVERTISEMENT