काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ९०० रूपैयाँले घटेको छ ।
महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य तीन लाख ८०० रुपैयाँ रहेकोमा आज दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
तोलाको १० रूपैयाँले बढेर चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ३३५ रुपैयाँले घटेको थियो ।






