सिमकोट, हुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुम्लाको पहिलो जिल्ला भेलाले लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

यसअघि उपसभापतिको जिम्मेवारी सम्हाल्दै आएका ऐडी जिल्ला सभापतिमा चयन भएका हुन्। भेलाले उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा तथा कोषाध्यक्षमा कमन शाहीलाई चयन गरेको छ।

ADVERTISEMENT

त्यसैगरी सदस्यमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढा चयन भएका छन्।

ADVERTISEMENT

सभापतिमा चयन भएपछि ऐडीले देश र जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।