काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री खनाल शुक्रबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।
खनालले रास्वपा सरकार बनेपछि पहिलोपटक उच्चस्तरीय भ्रमण भएको र देशको प्राथमिकताका कुरामा छलफल हुने बताएका छ्न् ।
रास्वपा सभापति रवि लामिछाने आजै पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदैछन् । परराष्ट्रमन्त्रीले भारतसँगे केही सम्झौतामा हस्ताक्षर गर्ने अनुमान गरिएको छ ।









